सिलगढी: सेवक रोडको डन बोस्को टर्न नजिकै महानगरपालिकाको खानेपानीको पाइप फुटेको छ। पानी निकै तीव्रताका साथ बग्न थालेपछि बाटोमा हिड्ने यात्रुले सास्ती खेप्नु परेको छ। पानीको धारा स्प्रेजस्तै निस्किरहेको थियो, जसका कारण त्यहाँबाट जाने मानिसहरु भिज्दै थिए। केहीबेरमै जताततै पानी जम्मा भयो। लगत्तै महानगरपालिकाका कर्मचारी आएर मर्मतको काम सुरु गरेका थिए।











