नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले शुक्रवार भारत र मुम्बई सिटी एफसी-का विंगर लालियानजुआला चांग्तेलाई सालका सर्वश्रेष्ठ भारतीय पुरुष फूटबलर अनि राष्ट्रिय महिला टीमकी मीडफिल्डर इन्दुमति कथिरेसनलाई सर्वश्रेष्ठ भारतीय महिला फूटबलरको पुरस्कारले सम्मानित गऱ्यो। दुवैले गत सालमा मैदानमा उत्कृष्ट प्रदर्शन गरेका छन्। चांग्तेलाई भविष्यका सुपरस्टार पनि मानिन्छ। राष्ट्रिय फूटबल महासंघद्वारा आयोजित एउटा समारोहमा यी खेलाड़ीलाई पुरस्कार प्रदान गरियो। चांग्तेले हालै मुम्बई सिटी एफसी-सँग आफ्नो अनुबन्धलाई २०२६-२७ सीजनको अन्तसम्म बढ़ाएका छन्। इन्दुमति (३० वर्षीय)-ले भारतीय महिला लीग (आईडब्ल्यूएल)-मा ओडिशा एफसी-को प्रतिनिधित्व गर्छिन्। यसबाहेक उनी राष्ट्रिय टीममा मीडफिल्डरको भूमिकामा खेल्छिन्। आई-लीग विजेता क्लब मोहमेडन स्पोर्टिंग क्लबका डेविड लाहलानसांगालाई यस सालको सर्वश्रेष्ठ उदीयमान खेलाड़ीको पुरस्कार प्राप्त भयो। यसरी नेहालाई सर्वश्रेष्ठ इदीयमान खेलाड़ी (महिला)-को पुरस्कार प्राप्त भयो। जमशेदपुर एफसी-का प्रशिक्षक खालिद जमिललाई सर्वश्रेष्ठ पुरुष प्रशिक्षक अनि शुक्ला दत्तलाई सर्वश्रेष महिला टीमका प्रशिक्षक चयन गरियो।
एआईएफएफ-का कार्यवाहक महासचिव एम सत्यनारायणले बताएअनुसार, खेल संस्थाले भारतीय पुरुष टीमको मुख्य प्रशिक्षक पदको निम्ति २० उम्मेद्वारहरूका सूची बनाएको छ। कतर र अफगानिस्तानविरुद्ध पराजयको साथ भारतीय टीम फिफा वर्ल्ड कपको तेस्रो चरणको निम्ति क्वालीफाई गर्न असफल भएपछि एआईएफएफ-ले इगोर स्टीमाकलाई मुख्य प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो। त्यस समयपछि प्रशिक्षक पद खाली रहेको छ।