सिलगढी: भारत–नेपाल सिमानाबाट एक पाकिस्तानीसहित तीन जनालाई शुक्रबार दिउँसो सिलगढी नजिकैको खोरीबारी ब्लकको पानीट्यांकीबाट पक्राउ गरिएको बताइएको छ। चार चक्के सवारीसाधनमा सीमामा पुगेका तीनै जनालाई एसएसबी ४१औं गणका जवानले सोधपुछ गर्दा उनीहरुलाई कागजात देखाउन भनिएको थियोl भने दुईजनाले नेपालको दस्तावेज देखाए र एकजनाले पाकिस्तानी पासपोर्ट देखाए। एसएसबीका अधिकारीहरूले सोधपुछ गर्दा उनीहरूलाई शंका लाग्यो। त्यसपछि तीनै जनालाई पक्राउ गरी पानीट्यांकी चेकपोष्टमा ल्याइयो। त्यहाँ सोधपुछ गर्दा उनको बयानमा विसंगति भेटियो। एसएसबी स्रोतका अनुसार पक्राउ पर्नेमा एक जना पाकिस्तानको खैबर पख्तुनबा जिल्लाका सैफुल्लाह मोहम्मद इकबाल, अर्का नेपालका भोजपुर काशीका मनबहादुर थापा र उदयपुरका मेघबहादुर मगर रहेका छन्।