बंगलादेशको आन्दोलनका कारण भारतीयलगायत विदेशी विद्यार्थी फर्किए

IMG-20240720-WA0125

सिलगढी: बंगलादेशमा विद्यार्थी आन्दोलन चलिरहेको छ। बंगलादेशको अवस्थाका कारण भारतीयसहित अन्य देशका विद्यार्थी फुलबारी नाकाबाट भारत फर्किने गरेका छन्। सो आन्दोलनका कारण इन्टरनेट सेवा बन्द भएको छ। बंगलादेश सरकारले पनि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ, यस्तो अवस्थाका कारण बंगलादेशबाट भारत, नेपाललगायत विभिन्न देशका विद्यार्थीहरु स्वदेश फर्किरहेका छन्। यस बाहेक बंगलादेश गएका मानिसहरू पनि घर फर्किरहेका छन्, शनिबार सिलगढी नजिकैको फुलबारी सीमा चौकीबाट धेरै विद्यार्थी र पर्यटकहरू फर्केको देखिएको छ। उनीहरुमध्ये कोही पश्चिम बंगालको सिलगढीका हुन् भने कोही नेपालका हुन् जो बंगलादेश पढ्न गएका थिए। यस बाहेक भारतका अन्य राज्यका बासिन्दा पनि छन्। बंगलादेशबाट आएका एक नेपाली विद्यार्थीले मूलतः ढाकामा आन्दोलन बढी भएको बताए। इन्टरनेट सेवा ठप्प छ। यस बाहेक हिजो बंगलादेशमा धारा १४४ को घोषणा गरिएको छ। ‘विद्यार्थी आन्दोलनले यस्तो मोड लियो कि त्यहाँ बस्न सुरक्षित रहेन, त्यसैले म घर फर्किएँ र मुख्य सडक छोडेर ग्रामीण सडकमा लाग्यौं’, अर्का विद्यार्थीले पनि यस्तै कुरा भने। तर, इन्टरनेट बन्दका कारण बाहिरी संसारसँग सम्पर्क हुनसकेको छैन। ‘यसका साथै केही दिनदेखि आमाबाबुसँगको सम्पर्क पनि बन्द भएको छ, मेरा आमाबाबु पनि चिन्तित भएकाले म स्वदेश फर्किएको छु’, एक विद्यार्थीले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement