सिलगढी: फुलबारी महानन्दा नदीमा माछा मार्ने क्रममा एउटा ठूलो माछा पानीको जालमा फस्यो। त्यो माछा हेर्न गाउँलेहरुको भीड जम्मा भयो। जालमा माछा फसेपछि तीन जना जालहारीले पानीबाट बाहिर निकाले। महानन्द नदीमा यति ठूलो माछा विरलै पाइन्छ। यही कारण यो माछा हेर्न नजिकैको ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए। यो माछाको तौल ५० देखि ६० केजीसम्म हुने जालहारीले अनुमान गरेका छन्। यति ठूलो माछा समातेर जालहारीहरु निकै खुशी देखिन्थे। यो माछा लोप हुने कगारमा पुगेको बताइएको छ। यो माछा विरलै पाइन्छ। तर महानन्दा नदीमा यो माछा भेटिएपछि यसको संख्या बढ्दै गएको अनुमान गरिएको छ।










