जलपाईगुडी: ‘मूल्य घटाउ, गद्दी छोड’को नारा लगाउँदै, राष्ट्रिय कांग्रेस कमिटीका सदस्यहरूले जलपाईगढीमा मूल्यवृद्धिको विरोध गरे। कांग्रेसले महँगीविरुद्ध आन्दोलन शुरु गरेको जिल्ला कांग्रेस कमिटीका अध्यक्ष पिनाकी सेनगुप्ताको नेतृत्वमा शनिबार सयभन्दा बढी कार्यकर्ताले तीब्र रुपमा आन्दोलन थालेका छन्। आन्दोलनमा कांग्रेस महिला कमिटीका सदस्यहरुको पनि सहभागिता रहेको थियो। जलपाईगढीको दिन बजार मार्केटमा शनिबार बिहानैदेखि भीडभाड थियो। आलु, प्याजलगायत विभिन्न सब्जीको मूल्य तत्काल घटाउन माग गर्दै आन्दोलनकारीहरूले उपभोग्य वस्तुको मूल्यवृद्धिको विरोधमा लामो समयदेखि आन्दोलन गरे। जिल्ला कांग्रेस सभापति पिनाकी सेनगुप्ताले आलु, प्याज र विभिन्न सब्जीको मूल्य आकाशिएको बताए। उनले भने, ‘यो मूल्य वृद्धि केही बेइमान व्यापारीहरूको कारण हो।‘ त्यसैले यी सबै वस्तुको मूल्य छिट्टै घटाउन सरकारसँग माग गर्दै उनीहरु आन्दोलनमा छन्।










