झापा: रौतहट जिल्ला प्रशासन कार्यालयबाट एउटै ५९८ नम्बरबाट ७ जनाको नागरिकता जारी भएको भेटिएको छ। रौतहट जिल्ला निवासी हाल जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यरत ललनकुमार मिश्राले जुलाई १९ शुक्रवार यातायात कार्यालय मलंगवामा गएर आफ्नो सवारी चालकको परीक्षा कहिले छ भनेर यातायातका कार्यालय प्रमख राकेश यादवलाई सोधेपछि उनले मिश्रको नागरिकता नम्बर ५९८ सर्च गर्दा रौतहट जिल्ला प्रशासन कार्यालयबाट एउटै ५९८ नम्बरबाट ७ जनाको नागरिकता जारी भएको भेटिएको छ।









