दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीग प्रतियोगिताहरू शनिवार (२० जुलाई)-देखि शुरु हुन गइरहेको छ। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीगमा जम्मा ४ वटा टीमले हिस्सा लिनेछ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिनेछ। शनिवार पहिलो दिन दुईवटा म्याच खेलिनेछ। प्रीमियर डिवीजनमा हिमालयन फूटबल क्लब र मेवरिक स्पोर्टिंग क्लबबीच म्याच दिउँसो २:१५ बजीदेखि शुरु हुनेछ। यसरी फर्ष्ट डिवीजन लीगमा घूम जोरबंग्लो स्पोर्टिंग क्लब र रिषिहाट युनाइटेड फूटबल क्लबबीच म्याच दिउँसो १२:०० बजीदेखि शुरु हुनेछ। यी तीन स्तरीय लीगको जम्मै म्याचहरू लेबोंग स्थित गोर्खा स्टेडियममा हुनेछ।










