झापा: माेरङकाे बेलबारी नगरपालिका १ स्थित पूर्व पश्चिम हाइवेको उत्तर तर्फ नगरपालिका जाने बाटोको ३ वटा पोल ढलेको छ। बेलबारी १ स्थित मेची बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घर तर्फ गाडी प्रवेश गराउने क्रममा लत्रिएको तार अल्झिदा तानिएर ३ वटा नै पोल ढलेको विद्युत् प्राधिकरण बेलबारीका प्रमुख राजेश कुमार पाण्डेले गाडीको कारण पोल ढलेको बताएका छन्। तर सो गाडीका चालक गुलाब सुतियार भने अस्वीकार गर्छन्। तारमा तानिएको हैन आफै ढलेको चालकको दाबी रहेको छ। पाण्डेका अनुसार सो पोल ढलेको कारण वरिपरि रहेको ५ घरमा विद्युत् अबरुद्द भएको छ।










