झापा: नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ। काठमांडूको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो। यो संगै आउँदो जुलाई २४देखि २७ सम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ। खोप शाखाकाअनुसार जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउनेछ।









