कोशी प्रदेशमा हात्तीकाे आतंक

IMG-20240720-WA0051

झापा: आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको मृत्यु भएका छन् भने २५ जना घाइते भएका छन् ।सो अवधिमा पाँचवटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार गत आर्थिकवर्षमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए। उनले झापामा एक वर्षको अवधिमा ६, सुनसरीमा तीन र मोरङमा एकजनाको मृत्यु भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement