युएनडिपीको सहयोगमा झापास्थित कचकवलमा कार्यक्रम

IMG-20240720-WA0073

झापा: झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ५ पाठामारीमा युएनडिपिको सहयोगमा अति विपन्न, विपन्न परिवारलाई आयआर्जन गरि आत्म निर्भर बनाउन फलफुल, तरकारी र सुपारी खेती सुरु गरिएको छ।

वडा नं. ५ का अध्यक्ष मो.नुर आलमका अनुसार नदिले छोडेको जग्गामा विपन्न १६० परिवारलाई रोजगारी संग जोड्दै फलफुल तरकारी खेति सुरु गरिएको हो। उनिहरुलाई आत्मनिर्भर बनाउन यूएनडिपि र पालिकाले १ करोड खर्च गरिसकेको वडा अध्यक्ष मो.नुर आलमले जानकारी दिए।

त्यसै गरि वडाका विपन्न २५ परिवारलाई आय आर्जनको लागि मासु उत्पादन गर्ने उदेश्यले २-२ वटा भैसीको पाडा वितरण गरेको छ भने १०० परिवारलाई खानेपानीको लागि कल बितरण गरेको वडा अध्यक्ष मो.नुर आलमले जानकारी दिए ।

वडावासीको स्वास्थ्यलाई हितमा राख्दै निशुल्क औषधी उपचार गर्ने उदेश्यले अति विपन्न १५५ परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिएको र गर्भवती महिलाहरुलाई समेत निशुल्क स्वास्थ्य विमा मिलाइएको अध्यक्ष मो.नुर आलमले बताए l

त्यसैगरि किसानहरुको हितको लागि दुई ओटा डिप बोरिङ्ग गाडिएको छ भने ३४ जना किसानलाई निशुल्क सिचाईको मोटर र ९३ जना किसानलाई पालिकाको ७० % र किसानको ३०% को लागतमा स्प्रे ट्याङ्की वितरण गरेको उनले बताए।

त्यस्तै वडाका १६० परिवारलाई खाना पकाउने इन्डक्सन चुलो वडा, सामुदयिक विधुत उपभोक्ता महासंघ, प्याक्टीकल एक्सन र जिआइजेट इन्डेक्सको सहकार्यमा उपभोक्ताबाट रु.१००० लिई वितरण गरिएको समेत उनले जानकारी दिए l वडामा रहेका पाँचवटा सरकारी विद्यालय र मदरसाको स्तर उन्नति गर्ने काम समेत गरिएको उनले बताए ।

वडाका बाटाहरु एम्वुलेन्स पुग्ने अवस्थामा पुर्याएको तथा अधिकांश बस्तिहरुमा ढलान साथै मुख्य सडकहरु यो वर्ष पिच भएको समेत जानकारी दिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement