नाम्ची: नाम्चीमा आज पेम नर्बु शेर्पाद्वारा लिखित जीवनी ग्रन्थ ‘बहुप्रतिभाशाली सर्जक प्रेम थुलुङ: व्याक्तित्व र कृतित्व’ काे लाेकार्पण गरियो। यस पुस्तककाे प्रकाशक दादिका शेर्पा हुन्।
नाम्चीकाे बुमटारस्थित थुलुङ निवासमा भएकाे यस कार्यक्रमकाे आयाेजना माथिल्लाे दिउ-दामथाङकाे हाम्री आमा साहित्य प्रकाशनले गरेकाे थियो।
कार्यक्रममा नाम्ची नगर परिषदकी उपाध्यक्ष सावित्री तामाङ मुख्य अतिथि रहेकी थिइन्। कार्यक्रमकाे अध्यक्षता दक्षिण सिक्किम साहित्य प्रकाशनका सल्लाहकार डा. नयन राईले गरेका थिए।
आफ्नाे सम्बाेधनमा डा. राईले आज लाेकार्पित भएकाे पुस्तक, पुस्तक मात्र नभएर दस्तावेज पनि रहेकाे बताए। आउने पीढीहरूकाे लागि याे पुस्तक मूल्यवान हुने उल्लेख गर्दै कुनै पनि पुस्तककाे सही मुल्याङ्कन भए पुस्तक सधैॅं बाँच्न सक्ने विचार उनले प्रकट गरे।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रेम थुलुङलाई अभिनन्दन पनि गरिएकाे थियाे। कार्यक्रममा लाेकार्पित पुस्तक विषय साहित्यकार सरमान सुब्बा ‘रसिक’ले समीक्षात्मक टिप्पणी राखे। लेखक डिल्लीप्रसाद अधिकारीले लेखेका ‘गीतहरूमा प्रेम थुलुङ’ विषय लेख जीवन राई माङपाले पठन गरेका थिए।
कार्यक्रममा ननुनैवेद्य राई (प्रधान), प्रेरणा राई र राेजर थापा मंगरले कविता वाचन गरे भने सुशिला राजालिमले गीत प्रस्तुत गरिन्। यस क्रममा पुस्तक लाेकार्पणपछि लेखक पेम नर्बु शेर्पा ‘ज्याेति’ ले पुस्तकमाथि प्रकाश पारेका थिए। कार्यक्रममा दक्षिण सिक्किम साहित्य सम्मेलनका महासचिव सुरेश सुब्बा ‘वियाेगी’ र सल्लाहकार जयदीप सुब्बाले पनि सम्बाेधन गरेका थिए।
विदुर गुरूङले सञ्चालन गरेकाे यस कार्यक्रममा स्वागत भषण साहित्यकार पेम नर्बु शेर्पा र धन्यवाद ज्ञापन डिकी शेर्पाले दिएकी थिइन्। कार्यक्रममा साहित्यका थीरूप्रसाद नेपाल, नाम्ची नगर परिषदका पूर्व अध्यक्ष बुद्ध तामाङ, गन्यमान्य व्याक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।