एस लिग बी- डिभिजनको तेस्रो चरण अन्तर्गत आज दुईवटा खेल सम्पन्न

n6227970851721409491108f4040a92056d2531a506c8618a1da93c25e3d629d40264eb3cc9d4a5ddd2d584

गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको एस- लिग बी- डिभिजनको तेस्रो चरण अन्तर्गत आज दुईवटा खेल सम्पन्न भयो।

पहिलो म्याच जोङ्ग्री एफसी र सिङताम जुब्ली भिल्ला एफसीमाझ खेलियो, जसमा जोङ्ग्री एफसीले प्रतिद्वन्दी दललाई ३-१ले पराजित गऱ्यो।

विजयी दलको तर्फबाट इमानसिंह सुब्बा, आइत बहादुर राई र साङ्गे भोटियाले गोल गरे। पराजित दलको तर्फबाट एकमात्र गोल आदर्श छेत्रील गरे। विजयी दलका खेलाडी बिनय सुब्बालाई म्यान अफ् द म्याच चयन गरियो।

दोस्रो म्याच बोइज क्लब गान्तोक र रेड पाण्डा एफसीमाझ भएको थियो, जसमा रेड पाण्डा एफसीले प्रतिद्वन्दी दललाई ४-० ले पराजित गऱ्यो। विजयी दलका खेलाडी कुन्जमान थापाले ह्याट्रीक र अदिन राईले एक गोल गरे। कुन्जमान थापालाई म्यान अफ् द म्याच चयन गरियो। उनले लिगमै पहिलो ह्याट्रीक गरेका छन्।

एस- लिग बी- डिभिजनको तेस्रो चरणको अन्तिम म्याच सिक्किम बोइज एफसी र सिनाल्चु एफसीमाझ खेलिने छ। यस फुटबल लिग प्रतियोगिताको आयोजना सिक्किम फुटबल एसोसिएशनले गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement