सिङ्गताम: पूर्व सिक्किमको सिङ्गताम नजिक सिक्किम सुप्रिम जुस फ्याक्ट्रीको तल्तिरको अँदेरी गाउँमा हत्याको घट्ना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार करिब २२ वर्षिय एक युवकले आफ्नै ७२ वर्षीया बोजूलाई हँसियाले काटेर हत्या गरेको छ। घट्ना आज दिउँसो करिब १२ बजीको हो।
गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ्ग लोडेन लेप्चाले यस घट्नाको पुष्टि गरेका छन्। घट्नाको रिपोर्ट दर्ता गरेको चार घण्टाभित्र नै सिङ्गताम पुलिसले आरोपी नातीलाई पक्राउ गरेको छ। घट्नाको कारण बारे अहिले नै पुख्ता जानकारी पाउन सकेको छनै तर पैसाको निम्ति नै नातीले बजुको हत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ। अहिले पनि जाँच चलिरहेकोले पुलिसले अधिक जानकारी दिन अस्वीकार गरेको छ।
हत्या पछि आरोपी बर्दाङको जङ्गलतिर भागेको जसलाई पुलिसले खोजी अभियान चलाएर पक्राउ गरेको सूत्रले बताएको छ। प्राप्त जानकारीअनुसार आरोपी मृतककी छोरीका छोरा हुन्।