यसपालीको बजेट सत्रमा विजुली, पानी र सडकलाई प्राथमिकता दिनेछः मुख्यमन्त्री प्रेम सिंह तामाङ
गान्तोक: एसकेएम पार्टी सरकारको तेस्रो विधायक दलको बैठक आज मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आगामी ५ अगस्तदेखि ९ अगस्तसम्म यस वर्षको पहिलो बजेट सत्र समप्न्न हुने जानकारी गराए भने उक्त सत्रमा विशेष गरेर विजुली, पानी र सडक (विपासा) लाई प्राथमिकता दिने भएको छ। यसरी नै विद्युत, पिउने पानी, सडक, स्वास्थ्य, शिक्षा लगायत अन्य क्षेत्रमा सुधार गर्नको साथै मजुबत बनाउनु पर्ने अवगत गराए। यसरी नै राज्यको राजस्वलाई पनि प्राथमिकता दिएर काम गरिने भएको छ। उनले विधायकहरूले विभागसँग तालमेल राखेर टीम सिक्किम भएर काम गर्नुपर्ने आग्रह गरेका छन्। प्रत्येक निर्वाचन क्षेत्रमा हप्तामा एक पल्ट जनता भेट कार्यक्रम आयोजना गर्नुपर्ने र सबैजना जनहितमा कटिबद्ध हुनुपर्ने सुझाउ दिएका छन्। यसरी नै आगामी दिनमा सम्पन्न हुने बजेट सत्रमा सिलगढीमा रोगीहरूको निम्ति सु- स्वास्थ्य भवन निर्माणको निम्ति धनराशि आवन्टित गरिने बताएका छन्। विशेष गरेर सिक्किम राज्यबाट सिलगढी धेरै रोगीहरू उपचारको निम्ति जाने गरेकोले उनीहरूको सुविधालाई ध्यानमा राख्दै सुस्वास्थ्य भवन निर्माण गरिने अवगत गराए। सोही प्रकारले प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना मेडिकस कर्डिनेटर नियुक्त गरिने र उनीहरू सम्वन्धित पार्टी कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी गराए। यसरी नै आगामी २२ जुलाईको दिन मनन केन्द्रमा एसकेएम पार्टीको सीइसी सभा आयोजना गरिने सभामा प्रस्ताव पारित भएको छ भने यसरी नै आगामी २७ जुलाईको दिन पालन गरिने सारथी दिवस यस वर्ष २ अगस्तको दिन पालन गरिने भएकोछ। आगामी २ अगस्तको दिन पालन गरिने सारथी दिवसलाई भव्य र सफल तुल्याउनको निम्ति विधायक मदन सिञ्चुरी र विधायक सञ्जीत खरेललाई संयोजककोरूपमा मनोनित गरेको छ। सोही प्रकारले प्रत्येक वर्ष झै यस वर्ष पनि जनउनमुक्ति दिवस रम्फूमा पालन गरिने प्रस्ताव पारित गरिएको छ। उक्त कार्यक्रमको निम्ति सयोजककोरूपमा मन्त्री अरूण उप्रेती र मन्त्री सोनम लामालाई मनोनित गरिएको छ। सोही प्रकारले सिक्किम राज्य भारतको एक अभिन्न अंग बनेको ५० वर्षको अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम आउने र यसको निम्ति तयारी गरिनुपर्ने सबै विधायकगणहरूलाई आग्रह गरेका छन्। आज बसेको यस सभामा गत केही दिन अघि मात्र एसकेएम पार्टीमा सामेल भएका एसडीएफ पार्टीका एक मात्र विधायक तेञ्जिङ लाम्ठालाई स्वागत जनाइयो। सोही प्रकारले गत १४ जुलाईको दिन सिलगढीमा नेपाली दैनिक समाचार पत्र हिमालय दर्पणद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्रीलाई गोर्खा गौरव पुरस्कारले सम्मान जनाइएकोमा सम्पूर्ण विधायकगणले बधाई दिएका छन्। यस अवसरमा लोकसभा सांसद इन्द्र हाङ सुब्बा,सीपी शर्मा र विकास बस्नेतको पनि उपस्थिति रहेको थियो।