गान्तोक: मत्सय पालन विभागकी सचिव रोशनी राई, उपसचिव योजना राई,संयुक्त सचिव लोब्साङ तामाङ लगायत अन्य अधिकारीहरूले हिजो नयाँ बजारको रोहतकमा रहेको कार्प फार्मको भ्रमण गरे। भ्रमण पछि टोलीले जिल्ला मत्सय कार्यालयमा एक अभिमुखी कार्यक्रममा सहभागिता जनाए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सह निर्देशक योवा राज शर्माले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विभागले मत्सय क्षेत्रमा गरेको काम साथै गतिविधिबारे प्रकाश पारे। उनले माछा पालनको निम्ति चलिरहेको योजनाबारे जानकारी गराए। यसरी नै उपसचिव योजना राईले आधिकारिक प्रक्रिया, नियम, आरटीआइ लगायत अन्य आवश्यक सूचनाहरूबारे जानकारी गराइन्। सोही प्रकारले टोलीले बढियाखोरमा रहेको प्रगतिशील माछा पालकहरूसँग अन्तक्रिया गर्दै माछा पालकहरूले भोग्न परिरहेको समस्याबारे जानकारी लिएको छ। यसरी नै टोलीले सिरिबदाममा रहेको माछा पालन केन्द्र पुगेर त्यहाँको वास्तविकताबारे जानकारी लिएका छन्।