गान्तोक: गेजिङ जिल्लाका महकुमा अधिकारी एनबी विश्वकर्मको नेतृत्वमा गएको टोलीले हिजो ड्याम अनि सिगा एनर्जीको पावर हाउसको निरीक्षण गऱ्यो। निरीक्षण टोलीमा जिल्ला आपदा प्रबन्धन प्राधिकरणका डीपीओ गणेश कुमार राई लगायत. अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। विशेष गरेर मनसुनलाई ध्यानमा राख्दै राज्यबासीको सुरक्षालाई लिएर निरीक्षण गरिएको जानकारी गराइएको छ। यस अवसरमा उक्त कम्पनीका प्रमुखहरूले ड्याम समवन्धि निरीक्षण टोलीलाई विस्तृतरूपमा अवगत गराए। कम्पनीका प्रमुख अधिकारीहरूले जानकारी गराए अनुसार ड्याममा एउटा इडब्ल्यूएस अपस्ट्रीम जडान गरिएको छ, जसको कारण पानीको स्तर बढेको खण्डमा सतर्क गराउँछ। सतर्कता सन्देश प्राप्त भएपछि, तिनीहरूले ड्याम, पावर हाउसबीचका धेरै ठाउँहरूमा राखिएका चेतावनी हूटरहरू मार्फत डाउनस्ट्रीमलाई सतर्क गर्छन्। कम्पनीसँग सार्वजनिक घोषणा प्रणालीको साथ तयार सवारी साधन पनि छ जुन डाउनस्ट्रीम अलर्ट गर्न खटाइनेछ। पानीको सतहमा हुने कुनै पनि असामान्य परिवर्तनले खतरा उत्पन्न हुन सक्ने चेतावनी दिन मेगाफोनसहित विभिन्न ठाउँमा सुरक्षाकर्मी पनि तैनाथ गरिएको छ। बाँध र पावर हाउस एकान्त स्थानमा अवस्थित छ र त्यहाँ नजिकै कुनै आवासीय क्षेत्रहरू छैनन् जसले प्रकोपको निकटतालाई कम गर्न सक्ने कम्पनीका अधिकारीहरूको भनाइ रहेको छ।