मोरङ र सुनसरीका ४ लागुऔषध कारोबारी पक्राउ

IMG-20240719-WA0225

झापा: मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका-१५ सुडि टोल स्थितमा लागुऔषध गाँजाको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानिय ६८ बर्षीय रघुनाथ साह र विराटनगर -१३ का १९ बर्षीय आनन्द कोईरीलाई ५०० ग्राम गाँजा र नगद १० हजार ७ सय सहित नियन्त्रणमा लिएको हो। यसका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर-९ स्थितबाट प्र १-०२-०४७ प ४४६५ नम्बरको मोटरसाईकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका-७ का ३८ बर्षीय जिवन राईलाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट इटहरी उप-महानगरपालिका-१९ अमाह टोलका २८ बर्षीय रितेश चौधरीलाई २ ग्राम ब्राउनसुगर र नाइट्राजेपाम ट्याब्लेट – २२ थान सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

About Author

Advertisement