मोरङ र सुनसरीका ४ लागुऔषध कारोबारी पक्राउ

IMG-20240719-WA0225

झापा: मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका-१५ सुडि टोल स्थितमा लागुऔषध गाँजाको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानिय ६८ बर्षीय रघुनाथ साह र विराटनगर -१३ का १९ बर्षीय आनन्द कोईरीलाई ५०० ग्राम गाँजा र नगद १० हजार ७ सय सहित नियन्त्रणमा लिएको हो। यसका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर-९ स्थितबाट प्र १-०२-०४७ प ४४६५ नम्बरको मोटरसाईकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका-७ का ३८ बर्षीय जिवन राईलाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट इटहरी उप-महानगरपालिका-१९ अमाह टोलका २८ बर्षीय रितेश चौधरीलाई २ ग्राम ब्राउनसुगर र नाइट्राजेपाम ट्याब्लेट – २२ थान सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement