कोलकातामा स्वाधीनता दिवसको रमाइलो उत्सवमा डुबिन् मुख्यमन्त्री ममता ब्यानर्जी

0-1-CM-Mamta-Banerjee-in-Kolkata

कोलकाता: आज अर्थात समग्र भारतले स्वतन्त्रताको ७५ वर्षको अमृत महोत्सव खुबै हर्षोल्लासपूर्ण वातावरणमा पालन मनायो। असाध्यै गौरव र खुशीको यस अवसरमा अर्थात् १५ अगस्तका केही यस्ता तस्वीरहरु देखिएका छन्, जसलाई देखेर मानिसहरु कहिले भावुक बनेका छन् त कहिले गौरवशाली विगतका पलहरुमा मनाउँदै खुशी उत्सवमा डुबेका छन्। यस्तै दृश्य सोमबार कोलकातामा देखियो, जहाँ पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्वतन्त्रताको उत्सवमा लोक कलाकारहरूसँग नृत्य गरिन्। भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने स्वाधीनता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार भनिन्, ‘भारतीयहरूले देशको लोकतान्त्रिक मूल्यहरूलाई समर्थन गर्नुपर्छ। सबै भारतीयहरूले पनि स्वतन्त्रता प्राप्त गर्ने आफ्ना पुर्खाहरूको पवित्र सम्पदाको संरक्षण गर्नुपर्छl’

मातृभूमिसँगको हाम्रो सम्बन्धलाई बलियो बनाऔं: ममता ब्यानर्जी  

मुख्यमन्त्री ममता ब्यानर्जीले ‘हर घर तिरंगा’ अभियानलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएकी छन्। उनले बाल्यकालदेखि नै राष्ट्रिय झण्डा फहराउँदै आएको र त्यसका लागि उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताइन्। स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बेहलामा एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री  ब्यानर्जीले भनिन्, ‘मलाई तिरंगा कसरी फहराउने भनेर सिकाउनु पर्दैन। म आफ्नो इच्छाअनुसार झण्डा फहराउँछु। उनीहरूले (भाजपा) हामीलाई के सिकाउछन्?’

मुख्यमन्त्री ममता ब्यानर्जीले देशवासीलाई राष्ट्रसँग जोड्ने तरिकाहरू साझा गर्न अपील गरिन्। उनले आइतबार ट्वीट गरिन्, ‘हामी, भारतका जनता। हाम्रा संस्कृति, परम्परा, भाषा, भेषभूषा र रीतिरिवाज फरक फरक छन्। तैपनि हामी एक छौं। राष्ट्रप्रतिको हाम्रो मायाले हामीलाई बाँध्छ। हाम्रो पवित्र सम्बन्धले हामीलाई एकताबद्ध गर्छl’ उनले ट्वीट गरिन्, ‘जब हामी भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउँछौं, हामी सबै एकजुट होऔं र मातृभूमिसँगको हाम्रो सम्बन्धलाई बलियो बनाऔं। त्यसको संरक्षण गर्ने प्रतिवद्धता पनि लिनुहोस्। म सबैलाई आफ्नो विचार साझा गर्न आमन्त्रित गर्दछु! मलाई भन्नुहोस् तपाईं हाम्रो गौरवशाली राष्ट्रसँग कसरी जोडिनुहुन्छ?’ भारतको एकीकृत विचार साझा गर्न मानिसहरूलाई एकसाथ ल्याउने उद्देश्यका साथ टीएमसीद्वारा ‘माइ आइडिया फर इण्डिया’ डिजिटल अभियान शुरु गरिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *