जलपाईगुडी: डुवर्समा सरकारी जग्गा, जङ्गल र खोला अतिक्रमण गरेर निर्माण गरिएका रिसोर्ट र मनोरञ्जन केन्द्र भत्काउने काम भइरहेको छ। मुख्यमन्त्रीको कडा अडानपछि डुवर्सको डाबग्राम फुलबारी लगायतका विभिन्न क्षेत्रमा सरकारी जग्गा, जङ्गल र खोलासमेत मिचेर रिसोर्ट तथा मनोरञ्जन केन्द्रलाई कारवाही भइरहेको छ।

स्थानीय स्रोतहरूका अनुसार जलपाईगुडी जिल्ला प्रशासनले शुक्रबार दिउँसो गोरुमारा राष्ट्रिय निकुञ्जको छेउमा रहेको क्रान्ति ब्लकको नेउरा नदीको छेउमा बनाइएका धेरै रिसोर्टहरू भत्कायो।