करिब बीस घण्टापछि खोलाबाट विद्यार्थीको शव भेटियो

IMG-20240719-WA0208

जलपाईगढी: करिब बीस घण्टापछि नदीबाट विद्यार्थीको विकृत शव फेला परेको छ। कक्षा ९ का विद्यार्थी माधव हंसरियाको बिहीबार जैमा नजिकैको कार्ला नदीमा डुबेर मृत्यु भएको हो। यसपछि जलपाईगुडी नगरपालिकाको टोलीले एनडीआरएफसँग मिलेर किशोरको खोजी शरु गरेको थियो। अन्ततः एनडीआरएफ र सिभिल डिफेन्स टोलीले शुक्रबार साँझ करिब ५.३० बजे शव निकाले। शव बरामद गरी राजासाहेबघाटमा ल्याएपछि परिवारले शव पहिचान गरेका थिए। शव पोष्टमार्टमका लागि जलपाईगुडी मेडिकल कलेज र अस्पतालमा पठाइएको नगरपालिका अध्यक्ष स्वरूप मण्डलले बताए। एनडीआरएफको उद्धार टोलीका अधिकारीले पानीमा डुबेर ढुङ्गाको नालीमा शव फसेको कारण पत्ता लगाउन समय लागेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement