मुख्यमन्त्री ब्यानर्जीद्वारा स्वतन्त्रता दिवसको अवसरमा ध्वजारोहण

IMG_20220815_163003.jpg

कोलकाता: पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले कडा सुरक्षा बीच आज भारी वर्षाबीच राजधानी कोलकाताको रेड रोडमा स्वतन्त्रता दिवसको अवसरमा ध्वजारोहण गरिन् र परेडको सलामी लिइन्। मुख्यमन्त्रीले ध्वजारोहण गरेपछि हेलीकप्टरद्वारा पुष्प वर्षा गरियो।

यस अवसरमा राज्य सरकारको सूचना एवं संस्कृति विभागद्वारा सांस्कृतिक कार्यक्रमहरू आयोजित गरियो। यस बहेक झांकीहरू पनि निकालियो, जसमा दुर्गा पूजालाई पनि सामेल थियो। दुर्गा पूजा झांकी प्रस्तुतिको समय मुख्यमन्त्री ब्यानर्जी स्वयं दुर्गा स्रोत पाठ गरिरहेकी थिइन्।

मुख्यमन्त्रीले यस अवसरमा उत्कृष्ट सेवाका लागि पुलिस अधिकारीहरूलाई सम्मानित पनि गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement