वनमहोत्सवको अवसरमा बेलाकोबा रेन्जबाट बिरुवा वितरण

IMG-20240719-WA0203

राजगञ्ज: वनमहोत्सवको अवसरमा बेलाकोबामा बिरुवा वितरण गरिएको छ। बैकुण्ठपुर डिभिजनको बेलाकोवा रेन्जको पहलमा शुक्रबार बेलकोवा, बट्टला बजार, बोडागञ्जलगायतका विभिन्न क्षेत्रमा बिरुवा वितरण गरिएको छ। यस दिन यात्रु तथा विद्यार्थीलाई करिब ५ हजार बिरुवा वितरण गरिएको थियो। यसका साथै वनकर्मीले विभिन्न क्षेत्रमा हजारौं बिरुवा रोपेका छन्। सो अवसरमा बेलाकोबा रेन्जका चिरञ्जित पाल, शिकारपुर ग्राम पञ्चायतका प्रधान प्रभा कुजुर, बीट अफिसर र अन्य वनकर्मीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement