सिलगढी: सिलगढीको उप-विभागीय अदालतले बिहीबार जमिनको विवादमा एक व्यक्तिलाई हत्या गरेको मामिलामा चार अभियुक्तहरूलाई दोषी ठहर गरेको छ। शुक्रबार अदालतले अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको अदालत स्रोतका अनुसार आरोपीको नाम कुञ्ज सिंह, भारती सिंह, विशेष सिंह र सुनिल सिंह रहेको छ। करिब १९ वर्षअघि चारैजना अभियुक्त खोरीबारीस्थित उत्तम सरकारको जग्गामा करार मजदुरको रुपमा काम गर्थे। तर उनीहरुले उत्तम सरकारलाई उत्पादनको उचित हिस्सा दिएनन्। जग्गा छाड्न भनिए पनि अभियुक्तहरुले जबर्जस्ती जग्गा कब्जा गर्न खोजेका थिए। त्यसपछि उत्तमले आरोपीविरुद्ध खोरीबारी पुलिस चौकीमा उजुरी दिएका थिए। तर, उजुरीपछि पनि कुञ्ज सिंह र उनका अन्य सहयोगीले उत्तमको जग्गा जबर्जस्ती कब्जा गर्न खोजेका थिए। उत्तम सरकारले रोक्न खोज्दा आरोपीले धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणका कारण उनको मृत्यु भएको थियो। हत्याको आरोपमा पुलिसले दुई नाबालिगसहित ६ जनालाई पक्राउ गरेको थियो। १९ वर्ष लामो मुद्दापछि आज न्यायाधीशले चार अभियुक्तलाई सजाय सुनाएको छ।