सिलगढी: मुख्यमन्त्री ममता ब्याबनर्जीको निर्देशनमा पूरै राज्यका साथै सिलगढीमा पनि फुटपाथलाई अतिक्रमणबाट मुक्त गराउने अभियान चलिरहेको छl तर हकार्सलाई हटाए पनि फेरि फुटपाथमा देखिएको छ। सिलगढी नगरपालिकाले फुटपाथ सफा गर्न धेरै पटक अभियान चलाएको छ। आज सिलगढी नगरपालिकाका उपमेयर रञ्जन सरकार आफै सडकमा उत्रिए। उनले पसललाई फुटपाथ खाली छाडेर अतिक्रमण नगर्न आग्रह गरे। यससँगै धेरै पसलले बिजुलीको पोल र ट्रान्सफर्मर मुनि पसल थालेको उनले देखे। उनीहरुले जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने बताउँछन्। जीवन सर्वोपरि हुने भएकाले बिजुलीको पोल ट्रान्सफर्मरको छेउमा पसल नराख्ने उनले बताए। यस्तो ठाउँमा पसल खोल्दा जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्छ।