आशीघर चोरीको मुद्दामा थप एक जना पक्राउ, चार लाखको सुन बरामद

IMG-20240719-WA0148-copy

सिलगढी: आशीगर चोरी प्रकरणमा सुनसहित एक अभियुक्त पक्राउ परेका छन्। केही दिनअघि शान्तिनगर क्षेत्रको एक घरमा चोरी भएको थियो। चोरीको उजुरी आशीघर चौकी पुलिसमा परेको थियो। अनुसन्धानका क्रममा आशीगर चौकीका पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम सञ्जु दास रहेको अनि मजबारी क्षेत्रका निवासी रहेको समाचार छ। पुलिसले उनलाई जलपाईगढी अदालतमा पेश गरी रिमाण्डमा पठाएको थियो। उनलाई हिरासतमा लिएपछि प्रहरीले आरोपीसँग सोधपुछ शुरु गरेको थियो। उनले एक अभियुक्तको बारेमा बताए, त्यसपछि पुलिसले अर्को अभियुक्तलाई फेला पारे। बिहीबार राति मझबारी इलाकाबाट सञ्जीव सूत्रधर नामका अर्का युवक पक्राउ परेका छन्। उनको साथबाट चोरीको ५० ग्राम गाला सुन पनि बरामद भएको छ, जसको बजार मूल्य करिब ४ लाख रुपियाँ रहेको छ। पक्राउ परेका युवकलाई शुक्रबार जलपाईगढी अदालतमा पेश गरिनेछ। अभियुक्त सञ्जीव सूत्रधारविरुद्ध विभिन्न अपराधमा संलग्न रहेको भन्दै विभिन्न पुलिस थानामा मुद्दा चलाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement