जोरपानी खोलाबाट युवकक मृतदेह फेला

IMG-20240716-WA0085

फुलबारी: फुलबारीको कञ्चनबाडी क्षेत्रमा रहेको जोरपानी खोलाबाट एक अपरिचित युवकको लाश फेला परेको छ। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। स्थानीय स्रोतका अनुसार कञ्चनबारी क्षेत्रको जोरपानी नदीमा युवकको शव केही व्यक्तिले देखेका थिए। त्यसपछि एनजेपी पुलिस थानालाई यसबारेमा खबर गरिएको थियो। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement