सिलगढी: सिलगढीका विधायक डा. शंकर घोषले आज राज्य सरकारलाई जमिन घोटाला मामिलामा श्वेतपत्र प्रकाशित गर्न माग गरेl उनले भने, ‘यदि श्वेतपत्र जारी भयो भने धेरै जलपाईगढी जिल्लाहरू प्रभावित हुनेछन्, र मानिसहरू विरुद्ध प्रथामिकी दर्ता गर्न बाध्य हुनेछ।‘ शुक्रबार सिलगढीका भाजपा विधायक तथा विधानसभामामा पार्टीका मुख्य सचेतक डा. शंकर घोषले जलपाईगढीको डाबग्राम फुलबारी लगायत डुवर्सको जंगलमा सरकारी जमिन कब्जा गरेर निर्माण गरिएका रिसोर्ट र मनोरञ्जन केन्द्रहरूको जमिनको बारेमा श्वेतपत्र जारी गर्न माग गरे।

आज उनी यस विषयमा जानकारी दिन पूर्व निर्धारित समयमा जलपाईगढी जिल्लाका भूमि तथा राजस्व अधिकारीका साथै अतिरिक्त जिल्ला मजिस्ट्रेटलाई भेट्न गएका थिएl तर लामो समय पर्खिएपछि उनी अतिरिक्त जिल्ला मजिस्ट्रेटलाई भेटी फर्किए। अतिरिक्त जिल्ला मजिस्ट्रेटको कार्यालयमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै उनले तृणमूल नेताहरूको अवैध रिसोर्ट भत्काउने नाममा मुख्यमन्त्री ममता ब्यानर्जीले आँखामा छल्ने कार्य गरेको बताए।