मिरिक: मिरिक पर्यटन केन्द्रकाे मिरिक झील किनारकाे एक भागमा गुराँस वाटिका बनाउने कार्य शुरू भएकाे छ। मिरिक नगरपालिका, जैव विविधता संरक्षण कमिटी मिरिक अनि सिविक साेसाइटी फाेरम मिरिककाे पहलमा मिरिक पर्यटन केन्द्रकाे एक भागमा गुराँसकाे बिरुवा राेपिने कार्य शुरू भएकाे छ। मिरिक जैव विविधता संरक्षण कमिटीका बिनाेदसिहं हालले मिरिक झील परिसरकाे एक भागमा पन्ध्र सय गुराँसकाे बिरुवा राेपिने लक्ष्य राखेर बिरुवा राेप्ने कार्य थालिएकाे जानकारी गराउँदै पाँच सयभन्दा अधिक बिरुवा राेपन भइसकेकाे बताए।उनले मिरिककाे पर्यटन उद्योगलाई विकसित गर्ने अनि यहाँ धेरैभन्दा धेरै पर्यटकहरू भित्राउने उद्देश्यले गुराँसकाे बिरुवा राेपिएकाे बताए। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूलाई गुराँस वाटिका एउटा आकर्षण बन्न सक्नेछ भन्दै गुराँस फुलेकाे समय साह्रेेै राम्राे हुने बताए। उनले हामीले बिरुवा राेपेका छाैं जसकाे संरक्षण गर्ने दायित्व मिरिककाे हरेक नागरिककाे पनि रहेकाे बताए।