दार्जिलिङ: जनताको अपिललाई मध्यनजर गर्दै विधायक निरज जिम्बाद्वारा तारपोलिन साथै अन्य सहयोग पुर्याउने क्रम जारी गरिएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ विधानसभा क्षेत्र दार्जीलिङ अनि अन्य क्षेत्रका जनताद्वारा आएको अपिललाई स्वीकार्दै विधायक निरज जिम्बाले पहाडमा भारी वर्षाको कारण विभिन्न स्थानहरुमा भल पहिरोले प्रभावित भएका क्षेत्रहरुमा आपतकालीन सहयोगको निम्ति तारपोलिन लगायत अन्य राहत सामाग्रीहरुको सहयोग पुर्याउने क्रमलाई जारी राखेका छन्। यसै क्रममा उनले जनताको निर्वाचित प्रतिनिधिको रुपमा आफ्नो निर्वाचन क्षेत्र दार्जीलिङ विधानसभा क्षेत्रमा आपतकालीन सहयोग पुर्याउदै तारपोलिन लगायत आर्थिक सहयोग साथै अन्य राहत सामाग्रीहरुको सहयोग पुर्याउदै आएको छु विधायक निरज जिम्बाले आज आफ्नो प्रेस विज्ञप्तिमा जनाएका छन्। उनले थप जानकारी गराए अनुसार दार्जीलिङ विधानसभा क्षेत्र अन्तर्गत दार्जीलिङ सदर एक अनि सदर दुई समष्टिमा ३०-३० गरेर आपतकालीन सहयोगको निम्ति तारपोलिन वितरण गरेको बताइएको छ। यसै क्रममा लप्चु पेशोक समष्टि, लेबोङ भेल्ली समष्टि, आर्य ब्लुमफिल्ड ऋषिहाट समष्टि अनि घुम जोरबङ्लो समष्टिमा प्रत्येक समष्टिमा ३०-३० तारपोलिन प्रदान गरेको जानकारी प्राप्त भएको छ। उनले आफ्नो विधानसभा क्षेत्रमा मात्र नभएर गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टाउन कमिटीलाई ३० वटा तारपोलिन हस्तान्तरण गरिएको पनि जानकारी गराइएको छ।

यसै गरी मिरिक ब्राञ्च कमिटी अन्तर्गत सौरेनी पानीघट्टा समष्टिलाई पनि ३० वटा तारपोलिन सहयोग पुर्याइएको बताइएको छ। झरी र वर्षाको कारण अहिले घडी पहाडमा गम्भीर अवस्था छ। यसलाई मध्यनजर गर्दै विधायक निरज जिम्बाले आफ्नो क्षमता अनुसार सहयोग पुर्याउने कोशिष गरेको बताइएको छ। उनले आफ्नो विधानसभा क्षेत्र साथै पहाडका अन्य क्षेत्रका बासिन्दाहरुको निम्ति थप सहयोग अनि खाँचो परेकाहरुले सिधै हेल्पलाइनमा सम्पर्क गर्न सक्नेछन् भनी विधायक निरज जिम्बाले जनाएका छन्। दार्जिलिङका विधायक निरज जिम्बाले आफ्नो सम्पर्क नम्बर पनि ९८३२४८२३१५ र ७९०८५२२०७१ नम्बरहरू सहयोगको लागि जारी गरेका छन्।