नयाँ दिल्ली: भारतीय क्रिकेटको उज्जवतम नक्षत्र विराट कोहलीले बलीवुडका बादशाह शाहरुख खान र रणवीर सिंहलाई पछि छोड़ेर भारतका सबैभन्दा महँगो सेलिब्रिटीको खिताब हासिल गरेका छन्। क्रोलको सेलिब्रिटी ब्राण्ड भ्यालुएशन रिपोर्ट २०२३ अनुसार कोहलीको ब्राण्ड भ्याल्यूमा २९ प्रतिशतको वृद्धि भएको छ, जुन २२७.९ मिलियन डलरसम्म पुगेको छ। यस उल्लेखनीय वृद्धिले कोहलीलाई भारतको सबैभन्दा मूल्यवान व्यक्तिहरूका सूचीमा शीर्षमा पुऱ्याएको छ। रिपोर्टमा सेलिब्रिटी एण्डोर्समेण्टको क्षेत्रमा चाखलाग्दो पेटर्नलाई उल्लेख गरिएको छ, जसले ब्राण्डहरूसँग सेलिब्रिटीहरूका अनुबन्धमा उल्लेखनीय वृद्धि दर्शाउँछ। शीर्ष २० सेलिब्रिटीले आफूद्वारा प्राप्त ब्राण्ड एण्डोर्समेण्टको संख्यामा १४.२ प्रतिशतको वृद्धि देखे। यो प्रवृत्ति विज्ञापन उद्देश्यहरूका निम्ति टेलिभिजन र डिजिटल प्ल्याटफर्महरूमा बढ़िरहेको मागले गर्दा हो। रणवीर सिंह २०३.१ मिलियन डलरको ब्राण्ड भ्याल्यूको साथ दोस्रो स्थानमा छन्। यसरी शाहरुख खानले महत्त्वपूर्ण प्रगति गरेका छन्। उनी १२०.७ मिलियन डलरको ब्राण्ड भ्याल्यूको साथ तेस्रो स्थानमा पुगेका छन्। अक्षय कुमार १११.७ मिलियन डलरको ब्राण्ड भ्याल्यूसँग चौथो स्थानमा छन्। आलिया भट्ट अहिले पनि प्रमुख सेलिब्रिटीको रूपमा कायम छिन् अनि उनको ब्राण्ड भ्याल्यू १०१.१ मिलियन डलर रहेको छ। आईसीसी टी२० वर्ल्ड कपमा खिताब जितेपछि कोहली अहिले परिवारसँग समय बिताइरहेका छन् अनि उनलाई श्रीलंका यात्रामा खेलिने वनडे सीरीजको अवधि मैदानमा देखिनेछ।