नयाँ दिल्ली: चोटले गर्दा लामो समयदेखि मैदान बाहिर रहने भारतका अनुभवी पेस बलर मोहम्मद शमी अभ्यासको निम्ति नेट्समा फर्किएका छन्। यसलाई प्रतिस्पर्धी क्रिकेटमा उनको पुनरागमनको दिशामा महत्त्वपूर्ण कदम मानिएको छ। शमी गत वर्ष भएको वनडे वर्ल्ड कपपछि चोटले गर्दा प्रतिस्पर्धी क्रिकेटबाट बाहिर छन्। उनको दाहिने खुट्टाको एड़ीमा चोट लागेको थियो अनि उनले सर्जरीको सहारा लिनु परेको थियो। त्यस समयदेखि उनी बीसीसीआई-को देखरेखमा रहेका छन्। यस ३३ वर्षीय पेस बलरले सालको शुरुवातमा आफ्नो अकिलीज टेण्डनको सर्जरी गराएका थिए। यसले गर्दा उनले राष्ट्रिय टीमबाट धेरैवटा सीरीज र टुर्नामेण्ट खेल्न सकेका थिएनन्, जसमा गत महिना समाप्त भएको टी२० वर्ल्ड कप पनि सामेल छ। अहिले चाहिँ शमी खेलमा फर्किने तयारी शुरु गरेका छन्। उनले इन्स्टाग्राममा एउटा भीडियो शेयर गरेका छन् जसमा उनलाई सावधानीपूर्वक बलिंग गरिरहेको देखिएको छ। शमी आफ्नो लय अनि राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-बाट फिटनेस प्रमाणपत्र हासिल गर्ने लक्ष्य लिएर मेहनत गरिरहेका छन् कारण उनी चाँड़ै प्रतिस्पर्धी क्रिकेटमा फर्किन चाहन्छन्। शमीले पोस्टको क्याप्शनमा लेखेका छन्, नवीतनमको साथ तालमेल मिलाउनु, महानतमको निम्ति मेहनत गर्नु। शमी २०२३-को वनडे विश्व कपमा भारतका सर्वश्रेष्ठ बलर रहेका थिए। उनले सातवटा म्याच खेलेर १०.७०-को औसतले २४ विकेट हासिल गरेका थिए। शमीको अनुपस्थितिमा जसप्रीत बुमराहको कुशलताको साथ भारतीय पेस आक्रमणको अगुवाई गरेका छन्।









