तपश्री डान्स एण्ड म्युजिक एकाडेमीले १०औं वार्षिकोत्सव २३ जुलाईमा

n6226612081721325313558e7ac98b4f33bcc1559dc0c0751673df4d30db23af2a3c58732874efca141c437

गान्तोक: तपश्री डान्स एण्ड म्युजिक एकाडेमीले आफ्नो १०औं वार्षिकोत्सव आगामी २३ जुलाईका दिन राजधानीको मनन केन्द्रमा मनाउने भएको छ। यस अवसरमा ‘एक दशकको कथा’ मुख्य आकर्षण रहने बताइएको छ।

एकाडेमीकी निदेशक कोमल गुरुङले आज आयोजित एक पत्रकार सम्मेलनमा एकाडेमीले जहिले पनि रचनात्मक र नयॉं कुरालाई अगाडि ल्याउने प्रयास गरिरहेको बताइन्। यस क्रममा एकाडेमीले आफ्नो १०औं वार्षिकोत्सव आगामी २३ जुलाईको दिन मनन केन्द्रमा मनाइरहेको बताउॅंदै यस अवसरमा ‘एक दशकको कथा’ मुख्य आकर्षण रहने बताइन्। उनले यस प्रस्तुतिको विगत डेढ महिनादेखि निरन्तर परिश्रम गरिरहेको बताइन्।

उनले जनसाधारणमा समर्थन पाएको खण्डमा आफुहरूलाई अझ काम गर्न प्रेरणा मिल्ने बताइन्। उनले उक्त विशेष प्रस्तुतिको आनन्द लिन सबैलाई मानन केन्द्रमा उपस्थित भइदिन अपील गरिन्। उनले कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहने जानकारी गराउॅंदै मुख्यमन्त्रीले राज्यका कलाकारहरूलाई निरन्तर समर्थन गरिरहेकोमा आभार प्रकट गरिन्।

‘एक दशकको कथा’ की निदेशक एवं कलाकार निशा रसाइलीले तपश्री डान्स एण्ड म्युजिक एकाडेमीले आफ्नो स्थापनाको दश वर्ष पूरा गरिरहेकोमा यो विशेष प्रस्तुत लिएर आइरहेको बताइन्। उनले यस प्रस्तुतिको माध्यमद्वारा विशेषरूपमा युवा पीढीलाई जागरूक गर्ने प्रयास गरिएको बताइन्। उनले उक्त कार्यक्रम केवल दुई घण्टाको रहेको बताउॅंदै सबैलाई उपस्थित भइदिन आह्वान गरिन्। पत्रकार सम्मेलनमा कलाकार सुमन राई पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement