सिक्किमका राज्यपालकाे प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग शिष्टाचार भेट 

n62266120417213220513710a68b370780c7013d37fecc6cfe8181d7bbbccbe959518fd438d2547767b33a3

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग शिष्टाचार भेट गरे। राज्यपालले यस भेटलाई सुखद बताउॅंदै प्रधानमन्त्री मोदीको कुशल नेतृत्वमा देशले नयॉं उचाईलाई छोएको बताएका छन्।

राजभवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीसॅंग भएको भेट अवधि सिक्किमको विकास र प्रगतिका मुद्दामाथि चर्चा भएको बताएको छ। राज्यपालले प्रधानमन्त्रीसॅंग भेट गरेर राज्यका विकास मुद्दाहरूमाथि विचार विमर्श गरे।

राज्यपालले प्रधानमन्त्रीद्वारा राज्यलाई दिएको सहयोग र समर्थनको निम्ति आभार प्रकट गरेका छन्। उनले राज्यको विकासमा प्रधानमन्त्रीको समर्थन र मार्गदर्शन सदैव प्रेरणास्पद रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement