मिरिकमा भब्यरूपमा स्वतन्त्रता दिवस पालन

मिरिक: आले खेल मैदानमा देशकाे ७५ओै स्वतन्त्रता दिवस विविध कार्यक्रमकाे साथमा पालन गरियाे। राष्ट्रिय झण्डा उत्ताेलन मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरेपछि परेडकाे सलामी ग्रहण गरे। जीटीए स्वास्थ परिवार जन कल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिगचीकाे अध्यक्षतामा पालन गरिएकाे स्वतन्त्रता दिवस कार्यक्रमकाे संचालन आयाेजक समितिका सचिव बिनय सुब्बाले गरेका थिए। यस अवसरमा सभासदहरू मिलेस राई, परेश तिर्की, धुर्ब बमजन, भूतपूर्व सैनिक संगठनका पदाधिकारीहरू, मिरिक महकुमाका डिएमडिसी मृदुल श्रीमणी, मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास, प्रशासनिक अधिकारीहरू, संघ संस्थाका प्रतिनिधिहरू, राजनैतिक दलका पदाधिकारीहरू, विभिन्न विधालयका शिक्षक, शिक्षिका, विध्यार्थी लगायत मिरिक महकुमाबासीकाे उपस्थिति थियाे।

कार्यक्रममा विभिन्न विध्यालयका विध्यार्थीहरूले मार्च पास्ट, देभक्ति नृत्य, ब्याण्ड डिसप्ले गरे भने कार्यक्रममा फूटबल प्रतियोगिता, म्यारथन दाैड प्रतियोगिता पनि भयाे। मिरिक सूचना एंव साँस्कृतिक विभागका कलाकारहरूले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाे कार्यक्रममा बाेल्दै कार्यक्रमका मुख्य अतिथि एलबी राईले सबैलाई स्वतन्त्रता दिवसकाे शुभकामना दिए अनि स्वतन्त्र दिवसकाे महत्त्वबारे विस्तृत जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *