काशी हिन्दु विश्वविद्यालयमा अध्ययनरत राज्यका विद्यार्थीहरूद्वारा आरसी पौड्यालको निधनमा शोक सभा आयोजना

IMG-20240718-WA0250

गान्तोक: काशी हिन्दू विश्वविद्यालयमा अध्ययनरत सिक्किमका विद्यार्थीहरूद्वारा स्वर्गीय श्री रामचन्द्र पौड्यालको आत्मशान्तिका निम्ति शोकसभा आयोजना गरियो। उक्त सभामा उनको व्यक्तित्व र कृतित्वबारे चर्चा परिचर्चा गरेको बताइएको छ। चर्चाका क्रममा अतिथिका रूपमा आएका डा. अमित थापाले स्वार्गीय पौड्याल राजनैतिक व्यक्तित्व मात्र नभएर सामाजिक सद्भावना राख्ने व्यक्ति रहेको मन्तव्य प्रकट गरे। शोधार्थी इन्द्रमान सुब्बाले भाषा-साहित्यको उत्थानका लागि राजनीतिमा आउनेहरू मध्ये नीतिबाट पलायन नभई तटस्थ रूपमा कार्य गर्ने व्यक्तित्व राम चन्द्र पौड्याल रहेको आशय व्यक्त गरे। शोधार्थी कुमार प्रधानले उनको राजनीतिक योगदानको चर्चा दर्दै सिक्किमका मान्य व्यक्तित्व हुन् भन्नेबारे प्रकाश पारे। शोधार्थी अभिषेक कोइरालाले उनको नामजस्तै काम गरेको उठान गर्दै राजनैतिक मर्यादालाई एकीकृत गर्ने पौड्याल सिक्किमका आध्यात्मिक ऋषि हुन् भन्ने विचार व्यक्त गरे। यसरी नै शोधार्थी क्रिष्टिना दर्जीले उनले समाजको विकासमा पुऱ्याएको योगदानबारे जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement