गान्तोक: एनएचएमको पहिलो समन्वय सभा स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलसँग स्वास्थ्य विभागको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता मन्त्री ढुङ्गेल स्वंयले गरेका थिए भने सभामा विभागका सचिव एम भरानी कुमार, निर्देशक डा. अनुषा लामा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मिशन डायरेक्टर डा. अनुषा लामाले राष्ट्रीय स्वास्थ्य कार्यक्रमको रूपरेखाबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराउँदै राज्यदेखि ब्लक स्तरसम्म कार्यक्रमहरूको संगठनात्मक विवरण, महत्त्वपूर्ण उपलब्धिहरूबारे प्रकास पारिन्। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य विभिन्न राष्ट्रिय स्वास्थ्य मिशन कार्यक्रमहरूको गहन छलफल र राज्य, जिल्ला, ब्लक र उपकेन्द्र स्तरहरूमा संगठनात्मक संरचनाको समीक्षा गर्नु रहेको थियो। सहभागीहरूले व्यापक स्वास्थ्य सेवा वितरणको लागि भविष्यका रणनीतिहरू निर्माण गर्दै उत्पादक छलफलमा सहभागिता जनाए। सूचना, शिक्षा र सञ्चार (आईईसी) को विभिन्न कार्यक्रमहरू र योजनाहरू सम्बन्धी प्रयासहरू विस्तार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको थियो।