गान्तोक: गान्तोक जिल्लाका राजस्व अधिकारीहरूलाई लिएर एक दिवसीय रिफ्रेसर कोर्स आज जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजना गरियो। यस कार्यक्रममा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे, अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटिया, लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापाल निखारेले विधिक शुद्धताको महत्त्व र जग्गा अधिग्रहण प्रक्रियामा सानातिना गल्तीहरूको रोकथामको बारेमा प्रकाश पारे। उनले फिल्ड अफिसरहरूको महत्वपूर्ण भूमिकामा जोड दिँदै यी प्रक्रियाहरूलाई सुधार गर्न प्राविधिक विकासको आवश्यकताबारे छलफल गरे। यसै क्रममा अतिरिक्त जिल्लापाल सन्दीप कुमारले १९५६ को राष्ट्रिय राजमार्ग ऐन” र “भूमि अधिग्रहण, पुनर्वास, र पुनर्स्थापना ऐन, २०१३मा उचित क्षतिपूर्ति र पारदर्शिताको अधिकार” को बारे मा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विस्तृतरूपमा जानकारी गराए। उनले जग्गा अधिग्रहण प्रक्रियासँग सम्बन्धित विभिन्न माननीय न्यायिक अदालतहरूका व्यावहारिक परिदृश्य र महत्त्वपूर्ण निर्णयहरू पनि साझा गरे। यसरी नै राजस्व अधिकारी सुश्री प्रीति लोहारले जमीनको मूल्य बजारको भाव अनुसार बिक्री गर्नको साथै उपस्थितहरूलाई बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दै गान्तोकमा जग्गा अधिग्रहणको मुद्दा अध्ययन बारे जानकारी गराइन्।










