गान्तोक: रम्पू पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपी वालुवाखानी निवासी एमडी गुलफम चिन्टु कुमार चौधारीकोरूपमा पुलिसले चिन्हित गरेको छ। यी दुई आरोपी वाहनको पछिलो सीटमा बसेर यात्रा गरिरहेका थिए। जाँचको क्रममा कालो पोलिथिन बेगमा १५.६९ ग्राम्स ब्राउन सुगर फेला परेको थियो भने पहेंलो रङको बेगमा ५२.१० ग्राम ब्राउन सुगर रहेको थियो भने सोही प्रकारले पहेंलो लिफाफामा ५१.९९ ग्राम्स ब्राउन सुगर पुलिसले जफ्त गरेको छ। यसरी आरोपीद्वयले विभिन्न थैलीमा ब्राउन सुगर ल्याएको जानकारी गराएको छ। पुलिसले आरोपीद्वय विरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै आरोपीलाई केरकार गरिरहेको छ।