सेल्फी डाँडामा पीडब्ल्युडीले भित्ता कटिङ्ग गरेर सडक खोलिएता पनि आधिकारिक रुपमा भने अहिलेसम्म राजमार्ग १० खोलिएको छैन

IMG-20240718-WA0245

टिस्टा: राष्ट्रिय राजमार्ग १० सेल्फी डाँडामा पीडब्ल्युडीले भित्ता कटिङ्ग गरेर सडक खोलिएता पनि अाधिकारिक रुपमा भने अहिलेसम्म राजमार्ग १० खोल्न सकिएको छैन। सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग १० सेल्फी डाँडामा ३० जूनदेखि बन्द भएको आज १९ दिनपछि पीडब्ल्युडी विभागले यातायात सूचारू गर्न सफल भएता पनि अथवा सड़क खोल्न सफल भएता पनि राष्ट्रिय राजमार्ग १० थुप्रै ठाउँमा टिस्टा नदीले सडक तानेर चर्किए दबिएको कारण आधिकारिक रुपमा भने राष्ट्रिय राजमार्ग १० खोलिएको छैन। राष्ट्रिय राजमार्ग १० लाई पूर्ण रुपले जाँच गरेर मात्र आधिकारिक रूपमा चाढैं नै प्रशासनले खोल्ने भएको छ।
यद्यपि विगत १९ दिनदेखि राष्ट्रिय राजमार्ग १० बन्द भएको कारण जनजीवन अस्त-व्यस्त बनाएको छ। पीडब्ल्युडु विभागले सेल्फी डाँडाको कार्य समाप्त गरेता पनि अझैंसम्म राष्ट्रिय राजमार्ग १० आधिकारिक रुपमा नखोलिएको कारण जनता अनि चालक दाजु भाईले धेरै नै समस्य झेल्न परिरहेको कारण झट्टभन्दा झट्ट राष्ट्रिय राजमार्ग १० खोलि दिने चालकवर्ग अनि स्थानीय जनताले सम्बन्धित विभाग र प्रशासन समक्ष अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement