एकीकृत कर्मचारी संगठन कालेबुङ खण्ड एकको सभा सम्पन्न

IMG-20240718-WA0244

कालेबुङ: कालेबुङ खण्ड एकका कर्मचारीहरुलाई लिएर एकीकृत कर्मचारी संगठनको कालेबुङ जिल्ला समितिको बैठक सम्पन्न भएको छ। कालेबुङको ठाकुरबाडीस्थित श्यामादेवी भवनमा बसेको बैठकमा जीटीए अधीनस्थ रहेको पेब्याड कर्मचारीहरुको हक र हितको निम्ति विभिन्न मुद्दाहरुमा चर्चा गरिएको समितिका अध्यक्ष केसी राईले जानकारी दिएका छन्।

उनले सभापछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए अधीनस्थ कर्मचारी संगठनको कालेबुङ जिल्ला समितिको अधीनमा खण्ड एकलाई लिएर सभा सम्पन्न भएको र उक्त सभा विशेष गरेर कर्मचारीहरूको वेतन बढाई दिएकोमा सरकारलाई धन्यवाद दिएको र साथै वेतन बढेर मात्र होइन तर कर्मचारीहरूले पाउनु पर्ने विभिन्न सहुलियतहरू विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement