मिरिक: यदि पहाडमा नयाँ राजनीतिक दल गठन हुन्छ भने त्यसलाई म स्वागत साथै शुभकामना दिन चाहान्छु। पहाडको अवस्था दिन दिनै बिग्रिएर जाँदैछ। पहाड बचाउनु पर्छ। तर नयाँ राजनीतिक दल केवल रोयल्टी खाने दल मात्र नहोस। उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले बिहीबार मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै बताएका छन्। यति मात्र होइन, हाल सामाजिक सञ्जालमा नयाँ राजनीतिक दल विषयमा विभिन्न प्रकारको कुराकानीहरू भइरहेको पनि देखिरहेको र योसँगै कतिपय भु-माफियाहरूलाई पनि देखिरहेको गुरूङले बताएका छन्। उनले नयाँ राजनीतिक दलको उदयमा आफूलाई कुनै आपत्ति नभएको र दोषारोपण पनि लगाउन नचाहेको तर भोलिको दिनमा खतरा नहोस् भनेर आफुले सुझाव मात्र दिन चाहेको बताएका छन्।