तीनधारेको सत्र माइल क्षेत्रमा राजमार्ग चर्किएको अवस्थामा

IMG-20240718-WA0238

सत्र माइल गाउँ नै पैह्रोको जोखिमपूर्ण अवस्थामा

खरसाङ: तीनधारेको सत्र माइल क्षेत्रमा एनएच पूरै चर्किएको अवस्थामा छ भने सत्र माइल क्षेत्रमा रहेका घरहरू पैह्रोले तान्न सक्ने जोखिमपूर्ण अवस्थामा देखिएको छ। एनएच ५५ (हालमा एनएच ११० ) अन्तर्गत महानदी र पगलाझोड़ामा पैह्रो गएर सड़क बाधित बनेपछि अब फेरि तीनधारे क्षेत्रको सत्र माइल क्षेत्रमा पनि एनएच पैह्रोले तान्न सक्ने सम्भावना देखिएको छ। तीनधारेको सत्र माइल क्षेत्रमा एनएच दुई तीनवटा स्थानहरूमा ठूल्ठूलो चर्किएको अवस्थामा देखिएको छ। अझ अलिक पानी परिरहे कुनै पनि समय सड़क चुडिने अवस्थामा आउन सक्ने सम्भावना देखिएको देखिएको छ। यसको साथै सत्र माइल क्षेत्रमा मैला पानी बग्ने नालीको व्यवस्थापन सठीक नभएकोले सड़कभरि पानी पानी हुने अवस्था रहेको छ। लगातार रूपमा पानी परिरहेको खण्डमा सत्र माइलको तेस्रो सड़कमा पानी जमिएर गाड़ीहरू कुद्न र वरिपरिका घरहरूलाई पूरै खतरा उत्पन्न हुमे गर्दछ। यसको साथै पानीझरीले गर्दा तीनधारेको सत्र गाउँको धेरैवटा घरहरू पैह्रोले तान्ने अवस्थामा छ। यस गाउँको धेरै घरहरू वरिपरि चर्किएको अवस्थामा देखिएको छ। रातभरि सुत्न नसक्ने अवस्थामा रहेको र राती सुत्दा एकदमै चनाखो भएर सुत्न पर्ने अवस्था रहेको स्थानीयहरूले बताएका छन्।

तीनधारेको सत्र माइल क्षेत्रमा एनएच चर्किएको साथै घरहरू चर्किएको र गाउँ नै पैह्रोको चपेटमा आउन सक्ने सम्भावना विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे सत्र माइलका स्थानीयहरू मिना खवासले तीनधारेको सत्र माइल क्षेत्रमा एनएच चर्किएको अवस्थामा रहेको साथै यहाँ नालाहरू सबै व्यवस्थित नभएकोले पानी सडकभरि बग्ने गरेको साथै पानी जमेर सड़कभरि हुने गरेकोले गाउँलेहरूलाई धेरै असुविधा हुनको साथै डरसरि हुने गरेको बताएकी छन्। उनले यहाँको नालीहरू सम्बन्धित विभागले सफाई नगरेर हामी सबै मिलेर सर सफाई गर्नु पर्ने स्थिति रहेको बताउँदै सत्र माइल गाउँभरि घर घरतिर चर्किएको अवस्थामा रहेको कारणले रातभरि सुत्न नसक्ने अवस्था रहेको अनि रातभरि डरसरि सुत्नु पर्ने अवस्था रहेको बताएकी छन्। मिना खवासले अघि भनिन् -‘गाउँ नै पैह्रोको चपेटमा परेको कारणले हामी सबैजना जोखिमपूर्ण अवस्थामा रहेका छौं। हामीलाई जमीन दिएर घर बनाई दिए हामी अन्यत्र सर्ने थियौं। यसको साथै सत्र माइलको लागि सम्बन्धित विभाग साथै सरकारले सहायता गरिदिएको खण्डमा असल हुने थियो।’

त्यसरी नै स्थानीय सत्र माइल निवासी अनिसा बराईलीले आफ्नो गुनासो पोख्दै घर वरिपरि पूरै चर्किएको अवस्थामा छ अनि घरको माथिल्लो भित्ता सबै चर्किएको अवस्थामा जुन कुनै पनि समय भत्किन सक्ने जानकारी गराइन्। उनले घरमा बिमारी वृध्दा आमा ,नानीहरू रहेको र यस्तो जोखिमपूर्ण अवस्थामा पनि घरमा बस्नु पर्ने बाध्यता छ भनी बताउँदै केही दिन अरूको घरतिर बसे पनि अहिले आफ्नै घरमा बस्नु पर्ने बाध्यता रहेको जनाइन्। उनले माथिल्लोपट्टि भित्ता चर्किएर डरसरि हुने अनि तलपट्टि रोडमा पानी जमेर धेरै असुविधा भईरहेको जानकारी गराएका छन्। उनले यस्तो स्थितिमा पनि घरमा बस्न पर्ने कर लागेको साथै सम्बन्धित विभाग र सरकारले चाढै यस समस्याको समाधान गरिदिने अनुरोध समेत गरेका छन्। त्यसरी नै तीनधारेको सत्र माइल क्षेत्रमा एनएच चर्किएको साथै सत्र गाउँलाई धेरै डर भएको विषयमा बोल्दै स्थानीय नरनाथ शर्माले पत्रकारहरूसित कुराकानी गर्दै एनएच ५५ सड़क चर्किएर दबिने क्रम वर्षेनी हुने तर यसपाली अत्याधिक रूपमा रोड दबिएको बताएका छन्। उनले रोडसितै वरिपरिका घरहरूलाई पनि धेरै डर भएको र रोडसितै धेरै घरहरू पनि चर्किएको अवस्थामा रहेको जानकारी गराएका छन्। शर्माले बताए अनुसार सड़कसितै सडकको वालहरू पनि चर्किएको र दबिएर गएको अवस्थामा रहेको छ। सडक मात्रै होइन वरिपरिका घरहरू पनि दबिएको अवस्थामा रहेको उनले बताएका छन्।
तीनैजनाले तीनधारेको सत्र माइल क्षेत्रमा एनएच चर्किएको अवस्थामा रहेको र गाउँ नै सबै पैह्रोको चपेटमा रहेको बताएका छन्। यसको साथै उनीहरूले सत्र माइल गाउँ हरेक वर्खाको समय खतरामा रहने र यसपाली पनि पैह्रोले तान्ने अवस्थामा रहेको बताउँदै आफुहरू रातभरि सुत्न नसक्ने अवस्थामा रहेको अनि नाली पनि व्यवस्थित नभएको कारणले धेरै खतरा उत्पन्न भएको बताएका छन्। उनीहरूले आफुहरूलाई जमीन दिएर अन्यत्र घर बनाई दिए सर्ने बताउँदै यो खतरालाई सम्बन्धित विभागले ध्यान लगाई दिने र आफुहरूको समस्या समाधान गरिदिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement