मुम्बई: यूरोस्पोर्ट इण्डियाले भारतमाम मोटोजीपी-को ब्राण्ड एम्बसेडरको रूपमा भारतीय क्रिकेटर शिखर धवनको नियुक्तिको आज घोषणा गऱ्यो। धवनले यूरोस्पोर्ट इण्डियाको अभियान-फेस कर रेस कर-को माध्यमले रेसिंग प्रति आफ्नो जोशको प्रदर्शन गर्नेछन्। धवनले भने, प्रतिष्ठित मोटोजीपी-सँग यसको भारतको ब्राण्ड एम्बसेडरको रूपमा साझेदारी गर्नु मेरो निम्ति सम्मानको कुरा हो। भारतमा मोटोजीपी-लाई लिएर बढ़िरहेको उत्साह वास्तवमा रोमाञ्चकारी छ अनि यो मेरो निम्ति एउटा पूर्ण-चक्र क्षण जस्तो हो। विशेषगरी जब म आफ्नो गृहनगर दिल्लीको सड़कहरूमा आफ्नो मनपर्ने बाइकमा सवारी गर्ने आफ्नो दिनहरूलाई याद गर्छु। यस जीवन्त शहरमा जन्मिएर-हुर्किएर एकजना क्रिकेटरको रूपमा मेरो यात्रा यूरोस्पोर्ट इण्डियाको माध्यमले यस नयाँ भूमिकासँग एउटा व्यक्तिगत सम्बन्ध जोड़्नेछ। २०२४ मोटोजीपी सीजनमा अहिलेसम्म जम्मा ९ वटा रेस भइसकेको छ। यूरोप, एशिया र डाउन अण्डरमा अझ ११ वटा रेस निर्धारित छ।