जलपाईगढी: मैनागढी ब्लकको ब्रह्मपुर क्षेत्रमा टिस्टा नदी क्षेत्रमा फेरि मोर्टार सेल भेटिएको छ। केही युवाहरु गाई चराउन यस क्षेत्रमा गएपछि उनीहरुको नजर मोर्टार सेलमा परेको थियोl घटनाको जानकारी पाएपछि यस क्षेत्रमा भीड जम्मा भयो। मोर्टार सेल देखेपछि स्थानीयवासीमा त्रास फैलियो। यो जानकारी मैनागढी पुलिस स्टेशन र राजारहट पुलिस चौकीलाई दिइयो। मैनागढी र राजारहट पुलिस चौकीका पुलिस घटनास्थल पुगे। यो मोर्टार सेल ती मोर्टार सेलहरू मध्ये एक हो जुन ४ अक्टोबर २०२३ मा सिक्किममा ताल भङ्गका कारण भारतीय सेनाको बन्दुक र मोर्टार सेलहरू पखालिएको थियो। तर, पुलिस पुगेपछि उक्त ठाउँलाई घेराबन्दी गरियो। सेनालाई जानकारी गराएपछि सेना आएर निष्क्रिय पार्यो। साथै, मानिसहरू आतंकित नहोस् भनेर मोर्टार सेल निष्क्रिय पारिएको जानकारी स्थानीयलाई दिइयो।