चोरलाई रंगेहात समातेर कुटपिट

IMG-20240718-WA0163

सिलगढी: घरमा चोरी गर्न पसेका चोरलाई रंगेहात समातिएपछि कुटपिट गरिएको समाचार छ। घटना सिलगढी मेट्रोपोलिटन पुलिस भक्तिनगर थाना क्षेत्रको होl 1१५ तारिख मा भक्तिनगर थाना क्षेत्रको आनन्द विहार कालोनीमा रहेको अमलन ज्योति सरकारको घरबाट धेरै मूल्यवान सामानहरू चोरी भएको थियो। त्यसपछि अमलन ज्योति सरकारले भक्तिनगर पुलिस चौकीमा चोरीको लिखित उजुरी दिएका थिए। उजुरीपछि भक्तिनगर पुलिस  चौकीले घटनाको अनुसन्धान थालेको छ। पुलिसले विभिन्न स्रोतहरु प्रयोग गरी दोषीको पहिचान गरी खोजी शुरु गरेको थियो। तर, यसबीचमा पुलिसको काम निकै सहज भयो। आरोपित फेरि त्यही घरमा चोरी गर्न पसे र त्यही घरकी घरधनीले पक्राउ गरे। बुधबार राति भएको यो घटनाले आनन्द विहार कालोनी क्षेत्रमा निकै सनसनी फैलाएको छ। स्थानीयवासीले अभियुक्तलाई पक्रेर कुटपिट गरे। यसपछि भक्तिनगर पुलिस चौकीलाई यो जानकारी दिइयो। खबर पाएलगत्तै सादा पोशाकमा पुलिस  चौकी पुगेर राकेश मिस्त्रीलाई आक्रोशित स्थानीयवासीबाट बचाई पुलिस लगेको थियो। त्यसपछि पुलिसले राति नै आरोपी राकेशमाथि कारबाही थालेको छ। पुलिसले बुधबार राति विभिन्न स्थानमा छापा मारेर आनन्दविहार कालोनी इलाकाबाट अमलन ज्योति सरकारको चोरी भएको ल्यापटप, महँगो घडी, महँगो परफ्युम, वाइफाइ प्याड, पेन ड्राइभलगायत महत्वपूर्ण सामान बरामद गरेको छ। पक्राउ परेका राकेश मिस्त्री खोलाचन्द फापरी क्षेत्रका बासिन्दा रहेको बताइएको छ। बिहीबार आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement