राष्ट्रिय राजमार्ग १० आधिकारिक रुपमा खोल्न युद्ध स्तरमा कार्य हुँदै

WhatsApp-Image-2024-07-18-at-16.04.16-1

सिलगढी: राष्ट्रिय राजमार्ग १० सेल्फीडाँडामा पीडब्लुडीले भित्ता कटिङ गरेर सडक खोले पनि आधिकारिक रुपमा भने अहिलेसम्म राजमार्ग १० खोल्न सकेको छैन। सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग १० सेल्फीडाँडा ३० जूनदेखि  बन्द भएको आज १९ दिन पछि  पीडब्लुडीले यातायात सूचारुप गर्न सफल भएता पनि अथवा सडक खोल्न सफल भए पनि राष्ट्रिय राजमार्ग १० थुप्रै ठाउँमा टिस्टा नदीले सडक तानेर चर्किएको हुनाले आधिकारिक रुपमा भने राष्ट्रिय राजमार्ग खोलिएको छैन।

राष्ट्रिय राजमार्ग १० लाई पूर्णरुपले जाँच गरेर मात्र आधिकारिक रूपमा  राजमार्ग १० लाई  छिट्टै प्रशासनले खोल्ने भएको छl यद्यपि १९ दिनदेखि राष्ट्रिय राजमार्ग १० बन्द भएको कारण जनजीवन अस्तव्यस्त बनाएको छ। सर्वसाधारण साथै चालक दाजुभाईले धेरै समस्या झेल्न परिरहेको कारण झट्ट भन्दा झट्ट राष्ट्रिय राजमार्ग १0 खोल्न चालकवर्ग अनि स्थानीय सर्वसाधारणले सम्बन्धित प्रशासन समक्ष  अपील गरेका छन्।

About Author

Advertisement