खरसाङ: देशको लागि शहीद बनेका गोर्खा सपुत कप्तान ब्रिजेस थापालाई आज खरसाङमा सम्मानसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई बिहान सिलगढीबाट रोहिणी रोड हुँदै बिहान ११ बजेको समयमा खरसाङ ल्याई पुराइएको थियो। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीर खरसाङ आईपुग्दा खरसाङका विभिन्न संघ संस्थाहरू, खरसाङ नगरपालिका, भूतपूर्व सैनिक संगठन, सभासदहरू, जनसाधारणले श्रध्दाञ्जली अर्पण गरेका थिए। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीर खरसाङ आईपुग्दा उपस्थित मानिसहरूले ‘कप्तान ब्रिजेस थापा अमर रहोस्’, ‘देशको लागि शहीद हुने वीर गोर्खे सपुत ब्रिजेस थापा जिन्दावाद’, ‘शहीद कप्तान ब्रिजेस थापा अमर रहोस् – अमर रहोस्’ जस्ता नाराहरू लगाइएको थियो। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई उनको आमा पिता र सैनिक सम्मानको साथमा सिलगढीदेखि दार्जिलिङको गिङ्ग चियाबारी लाने क्रममा खरसाङमा सबैले श्रध्दाञ्जली अर्पण गरिएको छ। यस अवसरमा शहीद कप्तान ब्रिजेस थापाको पिता अवकाशप्राप्त कर्नल भुवनेशकुमार थापा र मातालाई भूतपूर्व सैनिक संगठनका पदाधिकारीहरूद्वारा शोक समवेदना प्रकट गरेका थिए। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई खरसाङमा श्रध्दाञ्जली अर्पण गर्नलाई खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासदहरू, भूतपूर्व सैनिक संगठन खरसाङको पदाधिकारीहरू, गोर्खा सांस्कृतिक संस्थान खरसाङको पदाधिकारीवर्ग, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको पदाधिकारीहरू लगायत विभिन्न संघ संस्थाहरू र जनसाधारणको उपस्थिति रहेको थियो। देशको रक्षाको लागि शहीद बनेका गोर्खा सपुत कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गर्दै भूतपूर्व सैनिक संगठन खरसाङको अध्यक्ष अवकाशप्राप्त मेजर डीके गुरूङ, गोर्खा सांस्कृतिक संस्थान खरसाङको सचिव प्रनिता घिसिङ, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङ लगायत अन्यहरूले पत्रकारहरूसित कुराकानी गर्दै शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गरिएको र देश रक्षामा शहीद बनेका गोर्खा सपुत कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जलीको शब्दहरू अर्पण गरेका छन्।










