खोलामा नुहाउन गएकी महिला बेपत्ता, खोजी जारी

IMG-20240718-WA0159

जलपाईगढी: नदीमा नुहाउन गएकी एक महिला बेपत्ता भएकी छन्। विपद व्यवस्थापन टोली महिलाको खोजीमा जुटेको छ। स्थानीय बासिन्दा पनि महिलाको खोजीमा नदी किनारमा जुटेका छन्। नदीमा विपद् व्यवस्थापन टोली, पुलिस र स्थानीयवासीले खोजी गर्दा पनि पानी बढी भएकाले महिला फेला पर्न नसकेको तर खोजी कार्य जारी रहेको छ। जलपाईगढी सदर ब्लकको मानिकगञ्ज पुलिस चौकी अन्तर्गत सातकुरा क्षेत्रमा कुरुम नदीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ। महिलाको नाम तुलसी मालपहाडी हो। उनका श्रीमानको नाम अनिल मालपहाडी हो। उनी सातकुरा जलपाईगढी कोतवाली थानाको नवबलेन नयाँ बस्तीकी बासिन्दा हुन्। उनको उमेर ४० वर्षको हाराहारीमा रहेको बताइएको छ। पुलिसको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले बोर्ड खोलामा खसालेर महिलाको खोजी शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement